सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक सिलिन्डर ग्यासमा ७५१ रुपैयाँ घाटा छ, ऊर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ : कार्यकारी निर्देशक थानी

एक सिलिन्डर ग्यासमा ७५१ रुपैयाँ घाटा छ, ऊर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ : कार्यकारी निर्देशक थानी

विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर बन्न सुझाव
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन्। बुधवार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर बन्नुपर्ने उनको भनाइ छ। 

National life

श्रीलंकले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने उनको धारणा छ। कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महसुल तिरेर कसैले इन्डक्सन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने उनले उल्लेख गरे। 

नेपाल विद्युत प्राधिकरणले दिएको महसुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए। कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक्टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको जानकारी उनले दिए। 

प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न आफूहरू बाध्य भइरहेको भन्दै ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे।  'नेपाल आयल निगमले प्रतिसिलिन्डर ७५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ। ऊर्जा व्यवस्थापन राम्रोसँग गरौँ। हामीले अघिल्लो वर्ष १ खर्ब ५८ करोडको पेट्रोलियम पदार्थ आयात गरेकोमा यसवर्ष जेठसम्म २ खर्ब ७० करोडको आायत गरिसकेका छौँ,' उनले भने, 'यस्तो अवस्था छ। आर्थिक वर्षमा मुलुक कहाँ पुगिसक्यो। हामीले कम्तिमा बानीस सुधार्नुपर्ने अवस्था छ। मुलुकको अवस्था भयावह छ। यो आर्थिक अवस्थाको विषय पनि सोच्नुपर्नेछ।'

समितिको बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महसुलमा कम गर्न आवश्यक रहेको बताएका छन्। 

Shivam cement

प्रकाशित: Jun 22, 2022| 16:08 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्