आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उच्च वार्षिक नाफासहित कतार एयरवेजले मनायो २५ औं वार्षिकोत्सव

उच्च वार्षिक नाफासहित कतार एयरवेजले मनायो २५ औं वार्षिकोत्सव

कतार एयरवेजले २५ औं वार्षिकोत्सव मनाएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– कतार एयरवेजले २५ औं वार्षिकोत्सव मनाएको छ। सन् २०२१–२२ मा सबैभन्दा बलियो वित्तीय कार्यसम्पादन र सबैभन्दा उच्च वार्षिक नाफाबाट २०० प्रतिशत बढी रहेको अवस्थामा कम्पनीले २५ औं वार्षिकोत्सव मनाएको हो। 

ग्लोबल एयरलाइन्स उद्योगको सबैभन्दा कठिन अवधिमा कम्पनीले आफ्नो सकारात्मक नतिजाको श्रेय आफ्नो सक्रियता र सफल रणनीति भएको एयरवेजले जनाएको छ। ग्राहकको आवश्यकता र विकासशील बजार अवसरहरूका साथै दक्षता र आफ्ना विश्वव्यापी कर्मचारीहरूको प्रतिबद्धतामा केन्द्रित रहेर सफलता हात पारेको एयरवेजले जनाएको छ। 

यो नाफा कतार एयरवेज समूहका लागि मात्रै नभइ, यो आर्थिक वर्षको वित्तीय नतिजा प्रकाशित गर्ने विश्वभरका अन्य सबै एयरलाइन्स मध्येको पनि रेकर्ड रहेको कम्पनीको भनाइ छ।


प्रकाशित: Jun 22, 2022| 17:46 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्