मंगलबार, चैत ३, २०८२

काठमाडौंमा हैजाको खोजपड्ताल गरिँदै

काठमाडौं महानगरपालिकामा हैजाका बिरामी पुष्टि भएपछि काठमाडौं महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र चिकित्सकको टोलीले हैजाको कारण पत्ता लगाउनका लागि काम सुरु गरेको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकामा हैजाका बिरामी पुष्टि भएपछि काठमाडौं महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र चिकित्सकको टोलीले हैजाको कारण पत्ता लगाउनका लागि काम सुरु गरेको छ। 

National life

गत आइतबार पहिलोपल्ट काठमाडौंको बागबजारका दुई जनामा हैजा पुष्टि भएपछि तत्कालै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बसेको थियो। त्यसपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन गरेको छ। काठमाडौंमा हालसम्म ४ जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ। टोलीले हैजा फैलिएका क्षेत्रमा गई जनचेतना फैलाउने र हैजाको कारण पत्ता लगाउनका लागि खोजपड्ताल गरिरहेको छ। टोलीले खानेपानीको नमूना संकलन गरेको छ। 

अधिकारीले भने, ‘काठमाडौं हैजाको जोखिममा छ, हालसम्म ४ जनामा हैजा पुष्टि भएको रिपोर्ट भएको छ, हाल हैजा पुष्टि भएका क्षेत्रमा  खानेपानीको नमुना परीक्षण गर्ने काम भइरहेको छ।’

टोलीले सोमबारदेखि नै खोजपड्ताल सुरु गरेको उनले बताए। मंगलबार पुष्टि भएका दुई जना काठमाडौंको डिल्लीबजार क्षेत्रका रहेको अधिकारीले बताए। आइतबार पुष्टि भएका दुई जना  बागबजारमा बस्ने भए पनि उनीहरु डिल्लीबजारमा काम गर्ने गरेका थिए। 

Laxmi sunrise bank
kumari

अधिकारीका अनुसार हैजाको किटाणु डिल्लीबजार क्षेत्रमा फैलिएको हो कि भन्ने आशंका गरिएको छ। डिल्लीबजार क्षेत्रमा पानीको नमूना संकलन गर्न उक्त टोली आज जाँदैछ। 

बिरामीसँग बुझ्दा बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको अधिकारीले बताए। हैजा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकासँगको समन्वयमा खानेपानीको शुद्धिकरण, खानेकुरासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिरहेको अधिकारीले बताए।

प्रकाशित: Jun 22, 2022| 15:38 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्