मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनकपुरबाट अपहरण गरिएका ३ वर्षीय बालक १५ दिनपछि उद्धार, एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

सीको शासनकालमा विदेशमा शरण खोज्ने चिनियाँको संख्या बढ्यो

शक्तिको दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको विषय उक्त अध्ययनलाई उद्धृत गर्दै हङकङ पोस्टले समाचार प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

नेपाल-भारत सीमानाका झुलाघाट बन्द

महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

कीर्ते मुद्दामा गुलेफन जेल परेपछि ४ महिनाका लागि सांसद बनिन् हिमादेवी

मंगलबार उनले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख प्रदीपकुमार भण्डारीले उनलाई शपथग्रहण गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

प्रदेश १ को मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरु के-के हुन्?

प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ। प्रदेश नं १ मन्त्रिपरिषद्को मंगलबार बैठकले सो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

लुम्बिनीको भेटी गन्न ९० जनशक्ति खपत, अपेक्षाभन्दा कम संकलन

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबार दानपत्रको रकम गणना सुरु गरिएको थियो। दानपत्रको भेटी रकमको गणना गर्न चार दिनसम्म लाग्ने अनुमान गरिए पनि जनशक्ति बढाएर ३ दिनमै सकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

सगरमाथाको चुचुरोमा रिलायन्स लाइफको ब्यानर, दाकिपा शेर्पा सम्मानित

रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर सगरमाथाको चुचुरोमा फहराइको छ। बीमाकर्मी दाकिपा शेर्पाले इन्स्योरेन्स ब्यानर सगरमाथाको चुचुरोमा फहराएपछि उनलाई सम्मान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

राइफलको गोली देखाएर छिमेकी धम्क्याउँदा प्रहरीको फन्दामा

उनलाई ७ राउन्ड राइफल गोलीसहित पक्राउ गरिएको हो। फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा ती गोली फेला पारेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

बालक अपहरण गरेर लुकेकी महिला पक्राउ, १५ दिनपछि बालकको उद्धार

बालक अपहरण गरेर लुकेकी महिला पक्राउ परेकी छन्। १५ दिनअघि जनकपुरबाट तीन वर्षीय बालक अपहरणमा संलग्न भएको आरोपमा उनी पक्राउ परेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

निर्वाचन कानुनको मस्यौदाबारे कांग्रेस बैठकमा छलफल

सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानुन मस्यौदाबारे छलफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

भक्तपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

एमालेले गठन गर्‍यो २७ विभाग, क-कसले पाए जिम्मेवारी?

यी मध्ये केही विभागले पूर्णता पाउँदा केहीमा सदस्य थप गर्न बीँकी रहेको एमालेले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

कांग्रेस प्रवक्ताले भने- अर्थमन्त्रीको विषयमा सत्यतथ्य बुझेर प्रधानमन्त्रीले 'एक्सन' लिनुहुन्छ

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य बुझेर एक्सन लिने बताएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्‍चारकर्मीसँग प्रवक्ता महतले कुनै पनि विषयको निकास हुने...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

तीन महिनापछि 'बच्चा' जन्माउँदैछन् सरस्वतीकली र लक्ष्मीकली

कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन्। वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन्। यी दुई हात्तीले तीन महिनापछि बच्चा जन्माउनेछन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

विवादको पुलिन्दामाथि पनि पुलकित अटेरी अर्थमन्त्री

आफ्नो कार्यकालको सुरुवातसँगै उनले नियामकीय निकाय राष्ट्र बैंकमाथि हस्तक्षेप गरे भने धितोपत्र बोर्डको अध्यक्ष तथा नेपाल स्टक एक्सेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा चलखेल गरे। हिमालयन रि इन्स्योरेन्सलाई व्यवसाय विस्तारका...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

विनोद शाही हत्या प्रकरण : १० जनाविरुद्ध मुद्दा दायर, मेयरलाई उन्मुक्ति

जिल्ला सरकारी वकिलको कार्यालय अछामले विनोद शाही हत्याको घटनामा १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोगपत्र दर्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

पीएसजीको प्रशिक्षकमा गाल्टियर

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

संसद्‌मा दर्ता भएको ४ वर्षपछि नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। प्रतिनिधि सभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

आलुको बोरामा ८३ लाख ६४ हजार भेटिएपछि...

धनुषाबाट साढे ८३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। श्रोत नखुलेको उक्त रकमसहित दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न योजना आयोगका ६ पूर्वउपाध्यक्षको अपिल

'बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद, संसद र संवैधानिक निकाय समक्ष माग गर्दछौं,' ६ पूर्वउपाध्यक्षको अपिलमा उल्लेख छ। उनीहरूले संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९