शनिबार, मंसिर ६, २०८२

पीएसजीको प्रशिक्षकमा गाल्टियर

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ। अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बिदा गरेलगत्तै पीएसजीले गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको हो।

National life

लिग वान क्लब निसमा प्रशिक्षक रहेका ५५ वर्षीय गाल्टियरका लागि पीएसजीले १ करोड युरो ट्रान्सफर फी तिरेको बताइएको छ। उनले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन्।

सन् २००९ देखि फ्रेञ्च क्लबमा प्रशिक्षक रहेका गाल्टियर सन् २०१३, २०१९ र २०२१ मा गरी ३ पटक लिग वानको म्यानेजर अफ द सिजन बनेका थिए।

पोचेटिनोबाट अपेक्षित नतिजा हासिल गर्न नसकेपछि उनी बर्खास्तीमा परेको बताइएको छ। केही समय अघिदेखि नै विवादमा तानिएपछि पीएसजीमा उनको भविष्य कमजोर भएको थियो।

प्रकाशित: Jul 05, 2022| 18:34 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।