आइतबार, फागुन १७, २०८२

आलुको बोरामा ८३ लाख ६४ हजार भेटिएपछि...

धनुषाबाट साढे ८३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। श्रोत नखुलेको उक्त रकमसहित दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– धनुषाबाट साढे ८३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। श्रोत नखुलेको उक्त रकमसहित दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

मंगलबार दिउँसो जनकनन्दनी गाउँपालिका १ इनर्वा चेक प्वाइन्टको सीमा इलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो। धनुषाको जनकनन्दनी गाउँपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई श्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणले जनाएको छ।

सशस्त्र प्रहरी प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा पोको बनाएर राखेर आइरहेका बोरालाई शंकाको आधारमा चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको हो।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि दुवैलाई नगद र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 05, 2022| 18:19 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।