शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विनोद शाही हत्या प्रकरण : १० जनाविरुद्ध मुद्दा दायर, मेयरलाई उन्मुक्ति

विनोद शाही हत्या प्रकरण : १० जनाविरुद्ध मुद्दा दायर, मेयरलाई उन्मुक्ति

जिल्ला सरकारी वकिलको कार्यालय अछामले विनोद शाही हत्याको घटनामा १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोगपत्र दर्ता गरेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय अछामले विनोद शाही हत्याको घटनामा १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोगपत्र दर्ता गरेको छ।

National life

कार्यालयले पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेसहित तीन जनालाई भने मुद्दा नचलाउने निर्णय गरेको छ।

जिल्ला अदालत अछाममा दर्ता गरिएको अभियोगपत्रमा हत्यामा नगर प्रमुख चलाउनेको संलग्नता नरहेको दाबी गरिएको छ। मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई पनि मुद्दा नचलाउने निर्णय कार्यालयले गरेको छ। 

प्रहरी अनुसन्धानबाट उनीहरुको संलग्नता पुष्टि हुन नसकेको भन्दै उन्मुक्ति दिइएको हो। परिवारले जाहेरीमा नगर प्रमुखसहितको संलग्नतामा हत्या भएको भन्दै अनुसन्धान हुनुपर्ने माग गरेका थिए। 

जाहेरी दर्ता भएपछि नगर प्रमुख चलाउने आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। पछि प्रहरीले उनलाई रिहा गरेको थियो।

Laxmi sunrise bank
kumari

पक्राउ परेर हिरासतमा बाहेक फरार रहेका ६ जनामाथि पनि मुद्दा दायर भएको छ। फरार अभियुक्तमा अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही छन्। दानमति जिल्ला समन्वय समिति सदस्य हुन्।

गत जेठमा घरबाट हराएको ५ दिनपछि शाही नजिकै मृत फेला परेका थिए।

प्रकाशित: Jul 05, 2022| 18:47 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।