बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा अवकाश हुनै लाग्दा ज्योति समूहले नयाँ सीईओमा विजयबहादुर श्रेष्ठलाई नियुक्त गरेसँगै शाक्य समूह बोहरालाई नै निरन्तरता दिने अडानमा रहँदा विवाद छताछुल्ल।
स्वास्थ्य क्षेत्रमा क्रियाशील २० बढी ट्रेड युनियन र पेसागत संघ–संगठनले सरकारसँग विभिन्न चरणमा सुधारका लागि आन्दोलन गर्दै आए पनि सम्झौता कार्यान्वयनमा नगरिँदा भद्रगोल।
प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो।
उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन्।
उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत छन्। कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि १ साउनमा एक संक्रमितको मृत्यु भएको हो।