शुक्रबार, असार ५, २०८३

भिभो वाई २० को मूल्य घट्यो

भिभोले भिभो वाई २० को मूल्य घटाएको छ। भिभो वाई २० को नयाँ मूल्य अब २० हजार ९९९ रुपैयाँ तोकेको छ ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– भिभोले भिभो वाई २० को मूल्य घटाएको छ। भिभो वाई २० को नयाँ मूल्य अब २० हजार ९९९ रुपैयाँ तोकेको छ ।

National life

भिभोले हालै आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई २० सिरिजको ४ जीबी प्लस ६४ जीबी भेरियन्टमा १ हजार ८०० रुपैयाँ मूल्य घटेको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई २० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरु र प्रविधिहरूको आनन्द लिन सक्छन् ।

वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २ एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरु खिच्न सक्छन् । वाई २० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् ।

यसको साथै, वाई २० मा ५००० एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ । ४ जीबी र्याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्छ ।

प्रकाशित: Jul 18, 2022| 12:32 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्