शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी विकास बैंकमा भद्रगोल : ज्योति र शाक्य समूहले नियुक्त गरे आ–आफ्नै सीईओ

लुम्बिनी विकास बैंकमा भद्रगोल : ज्योति र शाक्य समूहले नियुक्त गरे आ–आफ्नै सीईओ

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा अवकाश हुनै लाग्दा ज्योति समूहले नयाँ सीईओमा विजयबहादुर श्रेष्ठलाई नियुक्त गरेसँगै शाक्य समूह बोहरालाई नै निरन्तरता दिने अडानमा रहँदा विवाद छताछुल्ल।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौ– रुपज्योति र राजेन्द्र शाक्य समूहबीचको द्वन्द्वका कारण लुम्बिनी विकास बैंक अप्ठेरोमा परेको छ। आफू नजिकका प्रमुख कार्यकारी नियुक्ति गरेपछि दुवै समूहको द्वन्द्व सतहमा देखिएको हो । यसले बैंक नै अप्ठेरोमा परेको छ। 

National life

चार वर्षे कार्यकाल पूरा गरी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा अवकाश हुनै लाग्दा ज्योति समूहले नयाँ सीईओमा विजयबहादुर श्रेष्ठलाई नियुक्त गर्यो‍। तर शाक्य समूहले भने बोहरालाई नै निरन्तरता दिन लागेपछि विवाद छताछुल्ल भएको हो। 

साउन २ बाट लागू हुने गरी दुवैलाई प्रमुख कार्यकारीको पद दिइएको छ। रुपज्योति र गुण एयरलायन्सका प्रमुख सञ्चालक राजेन्द्र शाक्यको मुख्य लगानी रहेको बैंकमा दुवैले आफूले नियुक्त गरेको सीईओलाई आधिकारिक भनिरहेका छन्।

ज्योति समूहले भनेको नमानेपछि शाक्य समूहको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक समितिमा पुगेका दशरथ रिसाललाई अध्यक्षबाट हटाएर ज्योति समूहले प्रवीणकुमार श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। यो विवाद राष्ट्र बैंकसम्म पनि यसबारे नियामकीय निकाय केन्द्रीय बैंक मौन देखिएको छ। 

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरलाई अलग–अलग फरक मितिमा पत्रसमेत लेखिएको छ। तर यसमा राष्ट्र बैंकले कुनै हस्तक्षेप गरेको छैन। ज्योति समूहले  भने बैंक कोभिडका कारण समस्यामा परेकाले बोहराले राम्रो काम गर्न नसकेको तर्क राखेको छ। शाक्य समूहले भने बोहराले राम्रो काम गरेकाले नयाँ सीईओ नियुक्त गर्नु जरुरी नरहेको दाबी गरेको छ। 

Shivam cement

प्रकाशित: Jul 18, 2022| 13:19 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्