रोल्पा- रोल्पामा एक व्यक्ति मृत भेटिएका छन्। रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन्।
प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो।
घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।