शनिबार, असोज १०, २०८३

प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० ले बढेर ९४ हजार पुगेको छ।

पहेंलो धातु आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार १०० थियो। 

त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले बढेर एक हजार १६५ तोकिएको महासंघले जनाएको छ। 

प्रकाशित: Jul 18, 2022| 11:26 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्