सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नागढुंगा नाकामा 'भेइकल स्क्यानिङ मेसिन' जडान गरिँदै

उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन्।
 |  सोमबार, साउन २, २०७९
nespernesper

रासस

रासस

सोमबार, साउन २, २०७९

काठमाडौं- काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारीसाधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ। 

triton college

उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन्।

उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मशिन’ राख्न गृहकार्य शुरूआत गरेको छ। यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ। 

नगर प्रमुख घनश्याम गिरीले भने, ‘काठमाडौं उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुंगामा ‘भेइकल  स्क्यानिङ मशिन’ राख्न जरुरी छ। प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारीसाधनको रेकर्ड राख्ने?’

मशिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ। यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ। मशिनको करीब २ करोड ५० लाख पर्ने जनाइएको छ। 

Metro Mart
vianet

उनका अनुसार मशिन खरिदका लागि नगरपालिकाले  उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वान समेत गरेको छ। नगर प्रमुख गिरीले भने, ‘यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन। यसबाट समग्र उपत्यकाको सबै पालिका एवं संघीय सरकारलाई समेत फाइदा पुर्‍याउँछ। यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ। सम्भव भए नगरपालिका आफैंले ‘भेइकल स्क्यानिङ मशिन’ खरिद गर्छ, नत्र अन्य उपाय अवलम्बन गर्छौ।’

प्रकाशित: Jul 18, 2022| 10:21 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।