शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाको समयावधि थप

एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाको समयावधि थप

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाको समयावधि थप गरेको छ ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाको समयावधि थप गरेको छ ।

National life

असार मसान्तसम्मका लागि तोकिएको योजना ग्राहकको चासोलाई ध्यान दिएर साउन मसान्तसम्म बढाइएको बैंकले जनाएको छ ।

यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन् ।

साथै निक्षेपकर्ताले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए।

प्रकाशित: Jul 18, 2022| 12:35 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्