सुर्खेत- सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर-९ लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावैका २४ वर्षीया दीपेन्द्र सिंह रहेका छन्।
वीरेन्द्रनगर–१० को नयाँगाउँ टोलमा संकास्पद रुपमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीका अनुसार उनलाई सोधपुछ गरेर खानतलासी गर्दा ५२० मिलिग्राम लागूऔषध फेला परेको हो। उनलाई नियन्त्रणका लिएर अहिले थप अनुसन्धान भइरहेको कार्कीले बताए।