सोमबार, जेठ ४, २०८३

पहिरोले लमजुङको डुम्रे-बेंसीशहर सडक अवरुद्ध

सडकअन्तर्गत बेंसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

लमजुङ- अविरल वर्षासँगै आएको बाढी पहिराले आइतबार रातिदेखि डुम्रे-बेंसीशहर सडक अवरुद्ध भएको छ। 

National life

सडकअन्तर्गत बेंसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

वैकल्पिक सडकको रूपमा रहेको श्रीजंगगण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ।

लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ। मस्र्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करीब ३ मिटर सडक भासिएको प्रहरीले जनाएको छ। 

सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारीसाधन आवतजावत हुन सकेको छैन। डुम्रे बेंसीशहर सडक खण्डअन्तर्गत देउराली डाँडामा गत वर्ष समेत पहिरा गएपछि वैकल्पिकरूपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत पहिरो हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएपछि उक्त सेनाको सडक हुँदै सवारी सञ्चालन हुन थालेको छ।

सडक अवरुद्ध भएपछि बेंसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने सो स्थानबाट बेंसीशहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन। यसअघि समेत गत असार २८ गते सोही स्थानमा सडक अवरुद्ध भएको थियो भने, सो अघि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो। ४२ किलोमिटर दूरी रहेको यस सडकमा पहिरोले यात्रुलाई समस्या उत्पन्न गराउँदै आएको छ।   -रासस

प्रकाशित: Jul 18, 2022| 09:26 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।