शुक्रबार, असार ५, २०८३

सानिमा बैंकले निक्षेप खातामा मासिक व्याज दिने

– सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९
National life
Shivam cement

काठमाडौं– सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ। बैंकले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अष्ट्रेलियन डलर आदिका खाताहरुमा महिनै पिच्छे व्याज दिन लागेको जानकारी दिएको छ।

यो योजनामा बचत खाता, कल खाता तथा सम्पूर्ण खताहरुमा लागू भएको छ । साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ। मुद्दती निक्षेप रकम परिपक्कता पश्चात एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने छ। व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपमा ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडित कार्ड लिन सक्ने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।

त्यस्तै मासिक बचत गरी अधिकत्तम व्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त व्याज तथा किस्ता रकम समेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ खाता समेत सुरु गरेको छ । यसमा भविष्यमा व्याज घट्ने चिन्ता समेत नहुने बैंकको भनाइ छ ।

प्रकाशित: Jul 18, 2022| 12:39 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्