मंगलबार, असार १७, २०८२

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दश जना उम्मेदवारको नाम सार्वजनिक

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि प्राप्त दरखास्तबाट छनोट भएका दश जना व्यक्तिको नाम सार्वजनिक भएको छ।
 |  सोमबार, साउन २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

vianetvianet

काठमाडौं- चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि प्राप्त दरखास्तबाट छनोट भएका दश जना व्यक्तिको नाम सार्वजनिक भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन २ गते बोर्डको अध्यक्ष पदका लागि १० उम्मेदवारको औंपाचारिक सूची सार्वजनिक गरेको हो।

सोमबार सार्वजनिक भएको सूचीका अनुसार तीन महिला र सात पुरुष रहेका छन्। जसमा सम्झना रौनियारदेखि अभिनेता भुवन केसीसमेतको नाम रहेको छ। 

चलचित्र विकास बोर्डको अध्यक्ष हुने आसमा भुवनले अनमोलको फिल्म साइनमा समेत सचेत गराएका थिए। सुरुवातीतिर उमेर योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र क्षेत्रमा भुवनको आवेदन अस्वीकार हुनसक्ने अनुमान गरिएको थियो। तर, मन्त्रालयले सार्वजनिक गरेको सूचीमा केसीको नाम सामेल भएको थियो। 

मन्त्रालयले सार्वजनिक गरेको सुचीमा अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सूचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारका रूपमा छन्। 

मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तूततिकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्न जानकारी पनि सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Jul 18, 2022| 13:17 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।