मंगलबार, चैत ३, २०८२

कोरोना बढ्दा ७० दिनपछि एक संक्रमितको मृत्यु, के चौथो लहर आउन खोजेको हो?

नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि १ साउनमा एक संक्रमितको मृत्यु भएको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि १ साउनमा एक संक्रमितको मृत्यु भएको हो।

National life

यसभन्दा अगाडी वैशाख २४ एक संक्रमितको मृत्यु भएको थियो। आइतबार एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५३ पुगेको छ।

मन्त्रालयको तथ्यांक अनुसार आइतबार देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अहिले देशभर एक हजार १,४३९ जना सक्रिय संक्रमित छन्। 

जसमध्ये संस्थागत आइसोलेसनमा ६९ छन्। मन्त्रालयका अनुसार १८ जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

अहिलेसम्म नेपालमा कुल जनसंख्याको एक मात्रा ७०.३ प्रतिशत, ७० प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले बुस्टर (अतिरिक्त) खोप लगाएका छन्।

Laxmi sunrise bank
kumari

यस्तो अवस्थामा कोरोना संक्रमण बढ्दै जानु चिन्ताको विषय भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले कोरोना संक्रमण एकदमै न्यून रहेको अवस्थामा पछिल्ला दिनमा बढ्दै जानु चिन्ताको विषय भएको बताए।

'हामी आठ/दश जनामा संक्रमण पुष्टि हुने अवस्थामा पुगेका छौं। पछिल्ला दिनमा दुई सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन्। संक्रमित बढ्दा एक जनाले ज्यानसमेत गुमाएका छन्। बिरामीहरू आइसीयू र भेन्टिलेटरमा पनि पुग्न थालेका छन्,' उनले भने। डाक्टर अधिकारीले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड अपनाउन छोडे अझैँ संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त गरे।

'हामीले स्वास्थ्य सावधानी अपनाएनौं भने जोखिम अझै बढेर जाने छ। हामी कोरोनासँग डराउने होइन, आफ्नो आनीबानी सुधार्ने हो। सबैलाई यी कुरा थाहा छन्। अब हामीले पटक-पटक त्यही कुरा कति भन्ने। हाम्रो आनीबानी नै सुध्रिएन। हामीले पछिल्ला दिनमा मास्क लगाउन छोडिसकेका छौं,' उनले भने।

उनले सरकारले खोप लगाउनेदेखि अन्य स्वास्थ्य सावधानीका मापदण्ड अपनाउन सधैँ नागरिकलाई प्रेरित गरिरहेको अधिकारीको भनाइ छ। उनले संक्रमणको दर बढ्दै गएकाले उच्च स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रकाशित: Jul 18, 2022| 09:11 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्