राणाकालीन समय २००३ मा सर्वसाधारण नागरिकका लागि शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालगञ्जमा स्थापित प्रेम पुस्तकालय संरक्षण अभावमा थलिँदै।
तथ्यहीन, भ्रामक समाचारले नागरिकमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने हुँदा स्वच्छ पत्रकारिताको विकास गर्न प्रधानमन्त्री देउवाको आग्रह।
ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते भएका छन्। आज बिहान बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते भएका हुन्।
वाम गठबन्धनले तालमेल गर्दा ५ वर्ष कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने सर्त राखिने र सिट बाँडफाँटमा माओवादी केन्द्रले भनेअनुसार जानै नसकिने कोइरालाको तर्क।
फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ।
भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलास मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको ज्यान गएको छ। दुर्घटनामा अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ। गम्भीर बिरामीपछि अस्पताल भर्ना भएका उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
नेपाल-भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ। सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो।