आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गरे मात्रै लोकतन्त्र संस्थागत : प्रधानमन्त्री देउवा

पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गरे मात्रै लोकतन्त्र संस्थागत : प्रधानमन्त्री देउवा

तथ्यहीन, भ्रामक समाचारले नागरिकमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने हुँदा स्वच्छ पत्रकारिताको विकास गर्न प्रधानमन्त्री देउवाको आग्रह।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार माध्यमलाई पछिल्लो प्रविधिअनुरूप परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिएका छन्।

बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने आवश्यकता उनले औंल्याए। पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्न सके मात्रै लोकतन्त्र संस्थागत हुने उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले नागरिकलाई शिक्षित र सुसूचित गर्न सञ्चार माध्यमले सत्यतथ्य सूचना प्रसारण गर्न जरुरी रहेको उल्लेख गरे।

उनले तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने हुँदा स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेकामा जोड दिए। 

प्रकाशित: Jul 27, 2022| 12:36 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।