शनिबार, असोज १०, २०८३

डिसहोम आई टिभी सेवा सुरु

डिसहोम आई टिभी सेवा अन्य सेवाप्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– डीटीएच सेवाप्रदायक डिस मिडिया नेटवर्कले डिसहोम आई टिभी सेवा सुरु गरेको छ। डिसहोम आई टिभी सेवा अन्य सेवाप्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। 

२०६७ मा होमटिभीको नाममा सेवा सुरु गरेको कम्पनीले डिस नेपालसँग मर्जर गरी डिसहोमका नाममा सेवा सञ्चालनमा ल्याएको थियो। डिसहोमले ग्राहकलाई विभिन्न उत्कृष्ट च्यानलसँगै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

पे टिभीमा मात्र सेवा दिँदै आएको कम्पनीले व्यवसाय विस्तारसँगै अन्य सेवाप्रदायकभन्दा गुणस्तरीय सेवा प्रदान गर्न केबुल टिभी, इन्टरनेट, टेरिस्ट्रेरियल  टिभी र आईपी टिभीमा समेत आफ्नो सेवालाई विस्तार गरेको हो। 

डीटीएच र टेरिस्ट्रेरियलभन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकलमा आधारित यो आईपी टिभीमा सर्ट्स टीभी, रमाइलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता डिसहोमका एक्स्लुसिभ च्यानललगायत २०० बढी टिभी च्यानल, ५ हजार घन्टा बढी विभिन्न विषय सामग्री, भिडियो अन डिमान्ड, क्याचअप, स्ट्राटओभर टिभी, युट्युब, टिकटकलगायत अन्य विभिन्न एप तथा फिचर्स उपलब्ध छन्।

प्रकाशित: Jul 27, 2022| 11:55 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्