आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक नियुक्तिविरुद्धको रिटमा बुधबारदेखि सुनुवाइ हुँदै

संवैधानिक नियुक्तिविरुद्धको रिटमा बुधबारदेखि सुनुवाइ हुँदै

२०७७ मंसिर १ मा सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुन थालेको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेको रिटमा बुधबारदेखि सुनुवाइ सुरु हुँदै छ। २०७७ मंसिर १ मा सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुन थालेको हो। 

संवैधानिक इजलासमा पुगेको यो मुद्दामा सुनुवाइका लागि बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशत्रय विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको छ। 

तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति दिइएका ५२ जना पदाधिकारी तथा सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। तर सर्वोच्चले लामो समयसम्म हेर्न नभ्याउनेमा राखेको उक्त रिट अब नियमित पेसीमा राखेर सुनुवाइ गर्ने तयारी छ। 

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ मा सर्वोच्चले कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ को आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो। 

सबै प्रक्रिया पूरा भएका कारण बुधबारदेखि नियमित इजलासमा सुनुवाइ गर्ने तयारी छ। मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्का सदस्यलगायत विपक्षी रहेका कारण यो मुद्दाको बहस लामो समयसम्म चल्ने देखिएको छ।

प्रकाशित: Jul 27, 2022| 12:17 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।