आइतबार, साउन १७, २०८३

वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन

वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ। गम्भीर बिरामीपछि अस्पताल भर्ना भएका उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ। गम्भीर बिरामीपछि अस्पताल भर्ना भएका उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्ला निवासी ५४ वर्षीय कडायतलाई मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो। 

स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो। कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए।

उनका ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौं गती चर्चित छन्।

लोकदेउडा गायक सुरत रावत डोटेली कान्छाले कडायतको निधनले देउडा क्षेत्रमा ठूलो क्षती पुगेको बताएका छन्।

प्रकाशित: Jul 27, 2022| 10:11 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।