कञ्चनपुर- कञ्चनपुरमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन्।
जिल्लाको लालझाडी गाउँपालिका-२ कञ्जकी पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा लालझाडी-२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका हुन्।
पीडित परिवारले सोमबार दिउँसो करिब १२ बजेतिर बलात्कार भएको भनी मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रानालाई अहिले इलाका प्रहरी कार्यालय बेलौरीको थुनामा राखिएको प्रहरी निरीक्षक दानसिँह भण्डारीले बताए। ती बालिकाका हजुरबुवा नाता पर्ने राना त्यहाँका ‘भगत’ पनि भएको बताइएको छ।