काठमाडौं- स्वाथ्योपचारका लागि भारतमा रहेकी कांग्रेस नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणालाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका छन्।
भारतको नयाँदिल्लीस्थित ओन्कोसर्जरी म्याक्स अस्पतालमा उनको गाइनोसम्बन्धी सफल उपचार भएको छ।