आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिँदा तीन जना घाइते

ग्वार्कोमा गुडिरहेको बस ट्याक्सीमाथि पल्टिँदा तीन जना घाइते

ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते भएका छन्। आज बिहान बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते भएका हुन्।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

ललितपुर- ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते भएका छन्। आज बिहान बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते भएका हुन्। 

घाइतेको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा ट्याक्सी चालक हेटौंडाका २७ वर्षीय सन्जोग घिसिङ, मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ र महाहालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय माइकल भन्ने नकलबहादुर महर्जन रहेका छन्।  

घाइतेमध्ये दुई जना डिस्चार्ज भइसकेका छन्। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो। बा३ख ४४४० नम्बरको बसले बा२ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको प्रहरीले जनाएको छ।

बा५९प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 27, 2022| 12:26 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।