शुक्रबार, असार ५, २०८३

गत वर्ष मात्रै चामल र मकै आयातमा बाहिरियो ५० अर्ब

खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुनु, कृषि कर्म गर्नेहरू वैदेशिक रोजगारीमा जाँदा जमिन बाँझै रहेपछि खाद्यान्न बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं– नेपालले आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपैयाँ बराबरको चामल, मकै आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। कृषिप्रधान मुलुक नेपालले एक वर्षमै आधा खर्ब बराबरको चामल र मकै आयात गरेको हो। आव २०७७/७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपैयाँको चामल, मकै आयात भएको विभागको तथ्यांक छ। 

National life

आव २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँको चामल आयात भएको तथ्यांक छ। विभागका अनुसार सोही अवधिमा १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ। २०७८/७९ मा ७४ अर्ब २८ करोड ३७ लाख ७ हजारको चामल, मकै, गहुँ, जौ, कोदो खाद्यान्न आयात भएको विभागले बताएको छ।

विभागका अनुसार सोही अवधिमा १६ अर्ब ९९ करोड ७ लाख २७ हजार रुपैयाँको धान र ६ अर्ब ३२ करोड ६२ लाखको गहुँ आयात भएको छ। खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुनु, कृषि कर्म गर्नेहरू वैदेशिक रोजगारीमा जाँदा जमिन बाँझै रहेपछि मागअनुसार खाद्यान्न उत्पादन नहुँदा ठूलो परिणाममा आयात हुने गरेको हो।

सरकारले कृषि पेसामा नागरिकलाई आकर्षित गर्ने कार्यक्रम नल्याउँदा खाद्यान्न आयात गर्दा ठूलो रकम बाहिर जाने गरेको छ। उत्पादन बढाउन कृषिमा अनुदान दिइए पनि वास्तविक किसानले पाउन सकेका छैनन्। मल, बिउ, उन्नत प्रविधि अभावले मुलुकमा खाद्यान्न उत्पादन बढ्न सकेको छैन। आव २०७८/७९ मा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ। 

नेपालले भारत, चीन, ब्राजिल, अर्जेन्टिना, अमेरिका, जापान, इन्डोनेसियालगायत देशबाट धान–चामल, मकै, गहुँ, कोदो आयात गर्दै आएको छ। विभागको तथ्यांकअनुसार ३६ अर्ब ५४ करोडको तरकारी, २४ अर्ब ९९ करोडको फलफूल, ९ अर्बको चिया, कफी, ७ अर्ब ४१ करोडको चिनी आयात भएको छ। नेपालमा बजार मागअनुसार कृषिजन्य उत्पादन हुन नसक्दा आयातमा भर पर्दै आएको छ।

Shivam cement

प्रकाशित: Jul 27, 2022| 12:55 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्