आरक्षित सिट लागू नगर्ने १९ सार्वजनिक गाडी कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको विभिन्न स्थानमा ती सवारी साधनलाई कारबाही गरेको हो।
मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आलेको बोर्ड बैठकले गरेको निर्णय खारेज गर्दै उक्त स्थानमा लुम्बिनी विकास कोष आफैंले स्तरीय सुविधा सम्पन्न पार्क, पिकनिक सेड र व्यवस्थापनसहितको मनोरञ्जन स्थल बनाउने सोंच...
शनिबार पीडित नाबालिकाले दिएको जाहेरीका आधारमा आरोपितलाई सोही दिन खैरहनी-४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।
‘चुनाव दुई महिना, तीन महिना अगाडि नै गरेपनि शपथ २० फागुनमै गर्नुपर्छ,' देव गुरुङले भने, 'यसले आगामी दिनमा पनि सहजता ल्याउँछ र संविधानले भनेको प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष भन्ने पनि...
गौतमबुद्धको जन्मभूमि लुम्बिनी र यससँग जोडिएका बौद्ध क्षेत्रहरुको परातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरतत्व शहर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सम्बोधन गर्दै २९ असारमा कामु प्रधानन्यायाधीश कार्कीले लेखेको पत्र बाहिरिएको हो। जसमा अख्तियारलाई भवन निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न आग्रह गरिएको छ। पत्रमार्फत १५ दिनभित्र...
गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ। यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’।
टू–ह्विलर्स कम्पनी टिभिएसले विराटनगरमा आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे मोटरसाइकलधनी र रोमाञ्चक राइडमा सहभागी हुन इच्छुकको समूह स्थापना गरेको छ ।
वैकल्पिक खेलाडीको रूपमा मैदान पसेकी केलीले ११०औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई पहिलोपल्ट युरोकपका साथै प्रतियोगिताको उपाधि दिलाएपछि इंग्ल्यान्डमा उनलाई ‘सुपर सब’ भनिन थालेको छ।
अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्। मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।