बुधबार, जेठ २७, २०८३

डिशहोमको सेवा अनलाइनबाट रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ ।

National life

आइएमई पे, ईसेवा, खल्ती र प्रभु पेमार्फत डिसहोमले प्रदान गर्ने सेवाहरु रिचार्ज गर्न सकिने भएको हो । रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवाबारे बुझेर मात्र रिचार्ज गर्न कम्पनीले सूचित गरेको छ । जस्तै, डिसहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेग्मेन्टमा गएर डिसहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै डिसहोम फाइबरनेट मात्र चलाएको भए इन्टरनेट सेग्मेन्टमा गएर डिसहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ । फाइबरनेट र डीटीएच कम्बो प्याकेज लिएको खण्डमा भने टीभी सेग्मेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित: Aug 02, 2022| 17:21 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्