सोमबार, फागुन १८, २०८२

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

यू २० साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गरिरहेको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं – यू २० साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गरिरहेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा रंगाशालामा जारी खेलको पहिलो हाफमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ।

खेलको पहिलो हाफमा नेपालले गोलका लागि केहि अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। नेपालको फिनिसिङ राम्रो नभएपछि गोल गर्न नसकेको हो।

यसअघिको खेलमा नेपालले भारतसँग ८–० को हार बेहोरेको थियो। तर त्यसअघिका खेलमा भने नेपाललले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो।

यता बंगलादेशले भने नेपालबाहेक सबै देशलाई हराइसकेको छ। त्यसैले उसले आज बराबरी गर्न सके पनि फाइनलमा स्थान पक्का गर्नेछ। माल्दिभ्स र श्रंलका बाहिरिसकेको अवस्थामा अंकतालिकामा नेपाल र भारतको कडा टक्कर चलिरहेको छ। जहाँ दुवैको समान १–१ अंक रहेको छ।

प्रकाशित: Aug 02, 2022| 17:11 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।