बुधबार, जेठ २७, २०८३

विराटनगरमा टिभिएसको एओजी राइडर्स समूह स्थापना

टू–ह्विलर्स कम्पनी टिभिएसले विराटनगरमा आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे मोटरसाइकलधनी र रोमाञ्चक राइडमा सहभागी हुन इच्छुकको समूह स्थापना गरेको छ ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– टू–ह्विलर्स कम्पनी टिभिएसले विराटनगरमा आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे मोटरसाइकलधनी र रोमाञ्चक राइडमा सहभागी हुन इच्छुकको समूह स्थापना गरेको छ । ३५ जनाको उक्त समूहले शनिबार आफ्नो पहिलो राइड विराटनगरदेखि कोसी टप्पुसम्म गरेको थियो । 

National life

दुई सयभन्दा बढीले समूहमा सहभागी हुने इच्छा देखाए पनि ३५ जना मात्र चयन भएको कम्पनीले जनाएको छ । उनीहरूले विराटनगरको महेन्द्रचोकदेखि नेताचोक–विराटचोकदेखि इटहरी–इनरुवा हुँदै कोसी टप्पुको अक्वाबर्ड ईको रिसोर्टसम्म राइड गरेका थिए विराटनगरमा भएको संस्करणका लागि दर्ता गरेका बाँकी राइडरलाई कम्पनीले भविष्यमा त्यसै क्षेत्रमा हुने संस्करणहरूमा उपस्थित गराउने जनाएको छ । 

कम्पनीले विराटनगरसँगै अन्य ठाउँमा पनि एओजी राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको, विभिन्न ठाउँमा राइड पनि सञ्चालन गरिसकेको जनाएको छ । यो राइड अनुभवी मार्सलहरूको निगरानीमा भएको तथा राइडरहरूलाई सडक सुरक्षालगायतका विषयमा विभिन्न प्रशिक्षण दिएको जनाइएको छ । कम्पनीले राइडमा सहभागी सबैलाई निःशुल्क राइडिङ गियर्स तथा विजेतालाई पुरस्कार तथा सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरेको जनाएको छ । यसका साथै राइडरहरूले रिसोर्टको नजिकै हात्तीलाई आहारा खुवाउने मौका पाएका थिए । कोसी टप्पु क्षेत्रमा अक्टोबरताका पाँच सय ३७ प्रजातिका चराहरू बसाइँसराइ गरी आउने गरेको जनाइएको छ । 

टिभिएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका टिभिएस मोटरसाइकल प्रोडक्ट म्यानेजर प्रशान्त राजभण्डारीले राइडमा सहभागीहरू निकै उत्साही भएको बताउँदै चाँडै नयाँ यात्रा सञ्चालन गर्ने बताए ।  जगदम्बा मोटर्सले टिभिएस टू–ह्विलर्सका लागि देशभरमा एक सय ३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल निर्माण गरेको दाबी गरेको छ ।

प्रकाशित: Aug 02, 2022| 17:19 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्