बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारलाई दातृ निकायको आर्थिक सहायता प्रतिबद्धता २ खर्ब ३७ अर्ब

सरकारलाई दातृ निकायको आर्थिक सहायता प्रतिबद्धता २ खर्ब ३७ अर्ब

अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९
National life
Shivam cement

काठमाडौं– सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँ बढीको दातृ निकायको आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको हो। 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको  छ।अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता रहेको छ। 

दातृ निकायको सहायता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख पछिल्लो तीन महिना (२०७९ वैशाखदेखि असारसम्म) मा मात्र प्राप्त भएको थियो।

प्रकाशित: Aug 02, 2022| 16:53 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्