बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रिय जनमोर्चाले थाल्यो बौद्ध पुरातत्व सहर निर्माण अभियान

राष्ट्रिय जनमोर्चाले थाल्यो बौद्ध पुरातत्व सहर निर्माण अभियान

गौतमबुद्धको जन्मभूमि लुम्बिनी र यससँग जोडिएका बौद्ध क्षेत्रहरुको परातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरतत्व शहर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

बुटवल- राष्ट्रिय जनमोर्चाले रुपन्देही, कपिलवस्तु र पश्‍चिम नवलपरासीलाई बौद्ध पुरातत्व सहर निर्माणका लागि अभियान सुरुवात गरेको छ। गौतमबुद्धको जन्मभूमि लुम्बिनी र यससँग जोडिएका बौद्ध क्षेत्रहरुको परातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरतत्व शहर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

triton college

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जनमोर्चाले तीन जिल्लामा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रको अन्वेषण, संरक्षण र उत्खनन गर्न दवाव दिने गरि महत्वकाक्षी अभियानको सुरुवात गरेको जनाएको हो। पत्रकार सम्मेलनमा जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले बुद्ध र यससँग सम्बन्धित क्षेत्रको पुरातात्विक महत्वलाई उजागर गर्नका लागि उत्खनन गर्नुपर्ने बताउँदै आफूहरुले एउटा भिजन अगाडि सारेको बताए।

उनले प्राचिन बौद्ध सभ्यताका विविध विधाहरुको अध्ययन अनुसन्धानलाई जोड दिँदै बृहत बौद्ध सहर निर्माण गर्न एउटा अवधारणा अघि सारेको बताए। 'यो हाम्रो भिजन हो, यसमा धेरै बहस गर्न सकिन्छ,’ उनले भने, 'एक प्रकारले यो सपना नै हो।’ लुम्बिनी र बौद्ध दर्शनका ज्ञाता प्राध्यापक डा. गितु गिरीले पुरातात्विक शहर निर्माण गर्ने अभियान सकरात्मक भएको बताए।

पत्रकार सम्मेलनमा बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक लिलाबहादुर केसीले बुद्ध सर्किटहरुको सयौं क्षेत्रहरुमा उत्खननको आवश्यकता रहेको बताए। लुम्बिनी र तिलौराकोट दुबैको उत्खननबाटै इतिहास पत्ता लागेको उल्लेख गर्दै कपिलवस्तु, रुपन्देही र नवलपरासीका बौद्ध सभ्यताका सयौं स्थानहरुमा उत्खनन आवश्यक रहेकोले यस्तो अभियान थालिएको सचिव हिमलाल पुरीले बताए।

प्रकाशित: Aug 02, 2022| 18:35 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।