सोमबार, फागुन १८, २०८२

नेपाल र बंगलादेशबीच बराबरी, भारतले हारे फाइनलमा

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं- साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको हो।

खेलको दोस्रो हाफमा दुवै टिमले गोल गर्दै अंक बराबरी गरेका थिए। खेलको ६३औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाए पनि ६८औं मिनेटमा नेपालका निरञ्जन मल्लले गोल गर्दै बराबरीमा फर्काएका थिए।

जितसँग बंगलादेशले फाइनलमा स्थान पक्का गरेको छ। अपराजित बंगलादेशले ४ खेलमा १० अंकसहित शीर्षस्थानमा छ।

नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ। भारतले माल्दिभ्ससँग हारे नेपाल फाइनल प्रवेश गर्नेछ। भारतले जित वा बराबरी गरे नेपाल बाहिरिने पक्का छ।

भारत र माल्दिभ्सबीचको खेल बेलुका ७:१५ मा  सुरु हुँदैछ। भारत ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ। १ अंक मात्र बनाएको मालदिभ्स फाइनलको स्पर्धाबाट बाहिरिइसकेको छ। 

kumari

प्रकाशित: Aug 02, 2022| 19:04 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।