बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जीवनरामले उल्ट्याए प्रेम आलेको निर्णय, लुम्बिनीमा वैद्यले रिसोर्ट बनाउन नपाउने

जीवनरामले उल्ट्याए प्रेम आलेको निर्णय, लुम्बिनीमा वैद्यले रिसोर्ट बनाउन नपाउने

मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आलेको बोर्ड बैठकले गरेको निर्णय खारेज गर्दै उक्त स्थानमा लुम्बिनी विकास कोष आफैंले स्तरीय सुविधा सम्पन्‍न पार्क, पिकनिक सेड र व्यवस्थापनसहितको मनोरञ्‍जन स्थल बनाउने सोंच अघि सार्ने निर्णय गरेको छ।
 |  मंगलबार, साउन १७, २०७९

विनोद परियार

विनोद परियार

मंगलबार, साउन १७, २०७९

बुटवल- लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको 'क्याम्पेन ग्राउण्ड'का लागि यसअघिको लुम्बिनी विकास कोष परिषद्‌को बैठकले सम्सरा वेलनेश रिसोर्टलाई जग्गा दिन गरेको निर्णय खारेज गरेको छ। लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार लुम्बिनीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

triton college

प्रेम आले मन्त्री भएको बेला जेठ १९ गते बसेको बोर्ड बैठकले व्यवसायी सुरज वैद्यलाई लुम्बिनी गुरुयोजनाभित्रको 'क्याम्पेन ग्राउण्ड'मा सम्सरा वेलनेश रिर्सोट बनाउन अनुमती दिने निर्णय गरेको थियो।

मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आलेको बोर्ड बैठकले गरेको निर्णय खारेज गर्दै उक्त स्थानमा लुम्बिनी विकास कोष आफैंले स्तरीय सुविधा सम्पन्‍न पार्क, पिकनिक सेड र व्यवस्थापनसहितको मनोरञ्‍जन स्थल बनाउने सोंच अघि सार्ने निर्णय गरेको छ।

बैठकले लुम्बिनी विकास कोषको परिषद् बैठक तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकरणका गर्न मनोनयन रणनीतिपत्र लेखनका लागि विज्ञको रुपमा डंकन मार्सल अष्ट्रेलियालाई छनोट गर्ने निर्णय गरेको छ। गौतमबुद्धले २९ वर्ष बिताएको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्‍नका लागि केहि महिनादेखि विकास कोष र मन्त्रालयले काम गर्दै आइरहेको छ।

बैठकले सदस्य सचिव सानुराजा शाक्यद्वारा प्रस्तुत ४५ बुँदे नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण)द्वारा प्रस्तुत संघीयतर्फको १ अर्ब ५५ करोड र आन्तरिक तर्फको १७ करोड ४० लाख बराबरको आम्दानी खर्चको बजेट पारित गरेको छ।

corrent noodles
Metro Mart

त्यस्तै रामग्रामको गुरुयोजना मन्त्रिपरिषद्‌मा स्वीकृतीका लागि लैजाने, तिलौराकोट क्षेत्र वरीपरीका सम्पदा क्षेत्रहरुको गुरुयोजना तयार गर्ने, देवदहमा देवदह म्युजियम स्थापना गर्ने, देवदह, कपिलवस्तु र रामग्राम क्षेत्रको उत्खननलाई निरन्तरता दिने निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

यसैगरी मंसिर (नोभेम्बर)मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने परिषद्‌ले निर्णय गरेको छ। सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्रेयको संयोजकत्वलमा कार्य सम्पादन समिति निर्माण गरेको छ। यूएन महासभाले विगतमा निर्माण गरेको लुम्बिनीको विकास र प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय मञ्‍चमा संलग्‍न राष्ट्रहरुको बैठक बोलाउन राजदूतस्तरीय बैठकका परराष्ट्र मन्त्रालयको समन्वयमा गर्ने निर्णय गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। त्यसैगरी लुम्बिनीमा प्राप्त विद्युतीय गाडीहरु पर्यटकको सुविधाका लागि सञ्‍चालन गर्न गठित कार्यदल यथाशीघ्र प्रतिवेदन पेश गरी सञ्‍चालन गर्ने निर्णय गरेको छ।

बृहतर लुम्बिनी क्षेत्रको प्रचारप्रसारका लागि अन्तर्राष्ट्रियस्तरका मिडिया तथा डिजिटल मार्केटिङको प्रयोगलाई प्राथमिकता दिने परिषद्‌ बैठकले निर्णय गरेको सदस्य सचिव शाक्यले जानकारी दिए। कोषको परिषद्‌ बैठकले मायादेवी अक्षय कोष निर्माण गरी कोषमा जम्मा भएको रकमको ब्याजबाट सञ्‍चालन खर्च नियमित गर्न कोषको विधान तयार गर्ने निर्णय गर्दै कोषमा रकम जम्मा गर्न अभियान समेत चलाउने भएको छ। कोषले कर्मचारीका समस्या हल गर्न कोषाध्यक्ष ढुण्डीराज भटराईको संयोजकत्वमा एक कार्यदल पनि गठन गरेको छ।

 


प्रकाशित: Aug 02, 2022| 19:47 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।