बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तरकारीमा ६ महिनाभित्र आत्मनिर्भर हुन सकिन्छ : अर्थमन्त्री शर्मा

तरकारीमा ६ महिनाभित्र आत्मनिर्भर हुन सकिन्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्। मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका  छन्। मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

National life

उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे। मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए। मन्त्री शर्माले हामीसँग भएको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समउन्नत बनाउन सकिने बताए। 

उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरे। मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर, पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए। उनले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सबलीकरण हुन सक्ने बताए।

मन्त्री शर्माले सरकारसँग सबै कुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए। उनले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गरे। मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्न सक्ने तर्क गरे। उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए।

प्रकाशित: Aug 02, 2022| 16:06 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्