बुधबार, जेठ २७, २०८३

नेप्सेमा सामान्य गिरावट

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं- पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो।

National life

मंगलवार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका १३ उपसमूह मध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ।

फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलवार नेप्सेमा सामान्य गिरावट आएपनि विन्द्यवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सामलिङ्ग पावरको ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ। 

यता राष्ट्रउत्थान लघुवित्तको शेयरमूल्य ४.२४ प्रतिशतले घटेको छ। आज शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: Aug 02, 2022| 16:41 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्