मंगलबार, असार १७, २०८२

एनभीएको पहिलो महिला अध्यक्ष बन्‍ने दौडमा निरोज मास्के

मास्केले भनिन्- मलाई त १३३ भोट नै मेरो पक्षमा भएजस्तो लाग्छ। सकेसम्म सर्वसम्मति गरेर बलियो टिम बनाउन पूर्वपदाधिकारीको सुझाव
 |  मंगलबार, साउन १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

vianetvianet

काठमाडौं- आगामी महिना नेपाल भलिबल संघ (एनभीए) को नवौं वार्षिक साधारण सभा (अधिवेशन) हुँदैछ। त्यसो त अहिलेको कार्यसमितको अवधि सकिएको दुई वर्षभन्दा धेरै भइसकेको छ। समय सकिएको दुई वर्षपछि बल्ल नयाँ कार्यसमिति चयनको लागि अधिवेशन हुन लागेको हो। कूल १३३ जना मताधिकार प्राप्त प्रतिनिधि हुने अधिवेशनका लागि अध्यक्षमा निरोज मास्केले उम्मेदवारीको घोषणा गरेकी छन्।

उम्मेदवारी घोषणा गर्दै अहिलेका उपाध्यक्ष मास्केले सबैको समर्थन आफैंलाई हुनेसमेत दाबी गरेकी छन्। अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि आफ्नो पक्षमा कति भोट छन् जस्तो लाग्छ भन्‍ने प्रश्नको जवाफमा मास्केले हाँस्दै भनिन्, 'मलाई त १३३ भोट नै मेरो पक्षमा भएजस्तो लाग्छ।’

देभरका ७७ जिल्लामै जिल्ला संघ रहेको भलिबलको सबै जिल्लाबाट एक-एक जना प्रतिनिधि रहने व्यवस्था छ। त्यस्तै तीन क्लबले पनि भोटको मान्यता पाएका छन्। भोटको मान्यता पाउने क्लबहरुमा न्यु डायमन्ड क्लब, जावलाखेल युथ क्लब र ढोरपाटन युथ क्लब रहेका छन्। ती क्लबका पनि एक-एक प्रतिनिधिलाई पनि मताधिकार रहने छ। त्यस्तै, सबै प्रदेशका दुई-दुई जना प्रतिनिधि, रेफ्री एक जना भने पुरुष र महिला टिमका कप्तानले पनि मताधिकार पाएका छन्। त्यस्तै ३६ पदाधिकारीले पनि मताधिकार पाउँछन्। अब ती नै प्रतिनिधिले आगामी चार वर्षे कार्यकालका लागि एनभीएको नयाँ कार्यसमितिको चयन गर्नेछ।

तर धेरैजसो प्रतिनिधि चुनावविना नै पदाधिकारी चयन गनुपर्ने बताउँछन्। घोषणा सभामा उपस्थित भएका प्रदेश १ खेलकुद परिषद्का सदस्य सचिव हंसराज वाग्लेले चुनाव गर्नै नहुने बताएका छन्। उनले भने, 'मैले पनि २०६४ सालमा चुनाव लडेँ। सहमतिको कोशिस गरिए पनि हामी (जिवनराम श्रेष्ठ) मिल्न सकेनौं। मैले चुनाव हारेँ। त्यसपछि के लाग्यो भने मलाई चुनावमा हराए, अब पनि कहाँ भलिबलमा लागिरहने भनेजस्तो भयो म बाहिरिएँ। त्यसैले म त भन्छु- चुनाव हुनै हुँदैन। सहमतिबाट समिति बन्‍नुपर्दछ।’

उनले मास्केलाई जितको लागि शुभकामना र अग्रिम बधाई पनि दिएका छन्। उनले मिलनसार टिम बिथोलिएको पनि बताएका छन्। 'त्यसैले कुनै हालतमा निर्वाचन गर्न हुँदैन। गर्न दिनु पनि हुँदैन,’ उनले मास्केलाई सबैले समर्थन गर्न अपिल गर्दै भने।

मंगलबार आयोजित घोषणा सभामा मास्केले आफ्नो एकल उम्मेदवारी भएको बताएकी छन्। 'आज मेरो एकल उम्मेदवारी हो। हामी अहिले छलफलमा छौं। सबै पदाधिकारीको निर्णय भने हामी पछि गर्नेछौं,’ मास्केले भनिन्। उनले आफ्नो चार वर्षे कार्यकालमा के काम गर्ने? भन्‍ने विषयमा चार पेज लामो घोषणा पत्र नै जारी गरेकी छन्। 'सुशासन, जनसहभागिता र व्यवसायिकता आजको आवश्यक्ता’ ट्यागलाइन राखिएको घोषणा पत्रमा उनले भलिबल विकासका लागि ग्रासरुट, रेफ्री र प्रशिक्षक प्रशिक्षणदेखि प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनालाई आफ्नो मूख्य एजेन्डा बनाएकी छन्।

त्यसो त कार्यसमिति बैठकको सूचना पनि सबल रुपमा प्रसारण गर्न नसकिरहेको भलिबल संघका लागि उनको योजना निकै महत्वकांक्षी देखिएका छन्। किनभने उनले 'केन्द्रमा आफ्नै भलिबल कभर्डहल निर्माण र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण र सञ्‍चालन गर्ने’ प्रतिबद्धता दिलाएकी छन्। यो किन पनि महत्वकांक्षी छ भने अहिलेम्म भलिबल संघले कभर्डहल बनाउनका लागि जग्गा समेत खोज्न सकेको छैन।

कभर्डहल बनाउने जग्गा नै नभएपछि त्यसबापत् बजेटमा समेटिएको रकम हरेक वर्ष फ्रिज हुँदै गइरहेको छ। यो वर्ष पनि एक करोड रुपैयाँ कभर्डहल बनाउन छुट्याएको छ तर जग्गा प्राप्तिको सम्भावना शून्यसरह छ। सोही घोषणा सभामा प्रदेश १ का सदस्य सचिव वाग्लेले अहिलेको स्थितिबारे बोले। उनले भने, 'अहिले प्रदेश १ मा जम्मा एक जना प्रशिक्षक रहेछन्। यस्तो भएपछि खेलको विकास कहिले हुन्छ र? अब यी सबै कुराको विकास गर्नुपर्ने छ।’

अध्यक्षको उम्मेदवारी घोषणा सभा कार्यक्रम।  

भलिबल संघको विधानमा प्रतिनिधिले सदस्यमा लड्न पाउने, र पदाधिकारीले अध्यक्षमा चुनाव लड्न पाउने विधान रहेको छ। त्यो विधान रहेको छ भने उपाध्यक्षबाट अध्यक्ष बन्‍नुहोस्। चुनाव गराउनु पर्ने आवश्यक्ता नै भएन नि।

यता भर्खरै मात्र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त भएका दानबहादुर तामाङले पनि चुनाव नगर्न र सर्वसहमतिले टिम निर्माण गर्न नै जोड दिएन। उनले जितेन्द्र बहादुर चन्द (वर्तमान महासचिव)ले मनोमानी ढंगले संघलाई चलाएको आरोप लगाउँदै अब सबैको कुरा सुन्‍नुपर्ने व्यक्ति नै अध्यक्ष हुनुपर्नेमा जोड दिएका छन्।

'म भोट दिन त पाउँदिन होला। मेरो आसपासमा भएका मानिसलाई सम्झाउने छु। आजको मास हेर्दा उहाँले जितिसक्नु भएको भन्‍ने फिल भएको छ,’ तामाङले भने, 'उहाँले स्पोन्सर ल्याउने कुरा गर्नुभएको छ। खेल कूटनीति विकास गर्ने कुरा गर्नुभएको छ। म पनि आफ्नोतर्फबाट सहयोग गर्नेछु।’ यदि नेपाली खेलाडी दक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेल्न आए आफूले सक्दो सहयोग गर्ने बताएका छन्।

तर, उनले पनि सहमतिमा कार्यसमिति निर्माण बनाउन सुझाव दिएका छन्। त्यस्तै, राम्रोसँग काम नगर्नेलाई नो भोटको प्रणाली राख्नुपर्ने पनि जनाएका छन्। तामाङ पनि भलिबल संघको पूर्वअध्यक्ष हुन्। त्यस्तै घोषणा सभामा उपस्थित भएका बाँकी वक्ताले पनि मास्केलाई सहयोग गर्न अपिल गरेका छन्।

अब देशका ६ प्रदेशले दुई-दुई महिनामात्र अभ्यास आयोजना गरिदिए राष्ट्रिय टिमले १२ महिना नै अभ्यास गर्न पाउने सन्दर्भमा कुरा अघि बढाउने मास्केपक्षले सल्लाह गर्ने कुरा पनि घोषणा सभामा प्रस्तुत गरिएको छ। पछिल्लो समय फुटबलको जस्तै भलिबलको पनि नेपाल सुपर लिग हुने सम्झौता भएको थियो। यसका लागि भलिबल संघले सम्झौता पनि गरिसकेको छ। सम्झौता अनुसार प्रतियोगिता हुन भने सकेन। यता, आयोजना नै हुन नसकेको प्रतियोगितालाई पनि मास्केले समर्थन माग्‍ने टेको बनाएकी छन्।

वाग्लेका अनुसार पनि चुनाव हुन्छ भन्‍ने नै छ। मास्केको विपक्षमा अहिलेका महासचिव जितेन्द्र चन्द उठ्ने कुरा भलिबलको पृष्ठभूमिका चलिरहेको छ। उनी मंगलबारको घोषणा सभामा उपस्थित थिएनन्।

गगां बहादुर थापा १५ वर्षसम्म भलिबल संघको अध्यक्षता गरिसकेका छन्। उनले पनि मास्केलाई समर्थन गरेका छन्। 'उहाँले भलिबलमा दिनुभएको योजदान र प्रतिबद्धता र योगदान राम्रो छ। भलिबलमा उहाँजस्तै मानिसहरुको प्रतिबद्ध मानिसहरुको आवश्यकक्ता छ,’ उनले भने, 'उहाँमा भएको यिस्तै कारणले गर्दा मैले उहाँलाई समर्थन गरेको हो। मास्केलाई जितको शुभकामना दिन चहान्छु। पूर्वखेलाडी र पूर्व पदाधिकारीका नताले म पूर्ण सहयोग गर्नेछु।’

यता सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिव दिपकराज सिंहले अहिलेसम्म भलिबल संघले होइन, भलिबलप्रेमीले यो खेल बचाएको दाबी गरेका छन्। उनले भने, 'अनुरोध गर्दासमेत भलिबल संघले हामीलाई समस्यामा ल्यायो। भलिबलको फुटको कारण र व्यक्तिगत स्वार्थका कारण तलका खेलाडीले खेल्न नपाउने भएको छ। केही मानिसले आफ्नो इच्छाअनुसार भलिबल संघलाई चुलाउने काम भएको छ।’

जसले भलिबललाई नि:स्वार्थ भावले अघि बढाउँछ, त्यसलाई नै समर्थन गर्ने भन्दै उनले पनि मास्केलाई समर्थनलाई गर्ने बताएका छन्। उनले अन्तिममा भने, 'भलिबल संघले स्थानीय तहसम्म काम गर्‍यो कि गरेन भनेर समीक्षा गर्नुपर्ने बेला भएको छ।’ यसकारण उनले मास्केलाई समर्थन गर्न सहयोग गरेका छन्।

मास्केले आफू पहिलो महिला अध्यक्ष हुने दाबी गरेकी छन्। २०३३ सालमा स्थापना भएको संघमा अहिलेसम्म महिला अध्यक्ष भएका छैनन। उनले यसअघि भलिबल संघमा पहिलो महिला कमिसन संयोजकको रुपमा काम गरिसकेकी छन्। त्यस्तै, उनले दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् भने अहिले उपाध्यक्ष छन्।

'म विगत डेढ दशकदेखि नेपाल भलिबल संघमा अबद्ध छु। र, सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट प्रतिनिधित्व गर्दै नेपाल भलिबल संघमा प्रवेश गरेकी हुँ। बझाङ, पर्वत र पाल्पासँग पनि मेरो नजिकको सम्बन्ध छ। भलिबल संघमा प्रवेश गर्नुमा मेरो लक्ष्य र उद्देश्य भनेको भलिबललाई विस्तार र विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिनु हो,’ उनको घोषणा पत्रमा उल्लेख छ।

प्रकाशित: Aug 02, 2022| 19:25 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।