राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ।
निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन गर्ने उपयुक्त उपायको रुपमा अध्यादेश जारी गर्न लागेको हो। अध्यादेश राष्ट्रपति कार्यालयमा पुगीसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ...
बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ। सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका...
रुसले युक्रेनका चारवटा क्षेत्र कब्जा गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन्। राजधानी मस्कोमा आयोजित एक समारोहमा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया...
कुनै समय शिव र पार्वती ऋषिका सभामा जाँदा सबैले उठेर स्वागत गरे। ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यो पार्वतीलाई मन परेन। पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन्।
नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन। विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ।
सखी प्रतिष्ठानले आज २०७९ असोज १४ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा दसैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै कविता वाचन कार्यक्रम गरेको छ।
हजारौँ नागरिकलाई लक्षित गरी २५ वर्षअघि बुर्तिबाङ इलाका प्रशासन कार्यालय सञ्चालनमा आयो। तर कार्यालय सञ्चालनमा आएको साढे दुई दशक बितिसक्दा पनि आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।
२०६४ को चुनावपछि यो जिल्लामा अर्का नेताको नाम जोडिएर आउन थालेको छ। २०६४ सालपछि यो जिल्लालाई प्रभु साहको जिल्ला पनि भन्न थालिएको छ। उनी हालको रौतहट-३ बाट लगातार तेस्रो पटक...