मोरङ–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट नपाए गठबन्धन गर्न नसकिने बताएका छन् ।
अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि सिट संख्या १०० बाट घटाउन नसकिने उनको दाबी छ। कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन। एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानुपरेको हो।’
कांग्रेस मोरङ क्षेत्र–६ ले सुन्दरहरैंचामा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छाड्न नसकिने सुनाए।पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने नेता कोइरालाको सुझाव छ।