शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ लाग्‍न युवाहरुलाई गगन थापाको आग्रह

आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ लाग्‍न युवाहरुलाई गगन थापाको आग्रह

राजधानीमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवापुस्ताहरूलाई उज्ज्वल भविष्य बनाउन तर्फ अग्रसर हुन आग्रह गरेका हुन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले युवापुस्ताहरूलाई आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ अग्रसर हुन आग्रह गरेका छन्। राजधानीमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवापुस्ताहरूलाई उज्ज्वल भविष्य बनाउन तर्फ अग्रसर हुन आग्रह गरेका हुन्।

त्यस्तै, लुम्बिनी एकेडेमी कलेजका प्रेन्सिपल रवीन भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यस वर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सहि गन्तव्य रोजेकोमा धन्यवाद व्यक्त गरे। 

त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षाविद् तिर्थ खनियाँ, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनि कोइराला, वि वि एम कार्यक्रमका संयोजक रविन्द्र लामाको उपस्थिति रहेको थियो। 

कार्यक्रममा मनोरञ्जनार्थ कमेडियन गणेश राई, डान्सर विक्रम मोक्तान, राष्ट्रिय फुटबल टीमका नेशनल कोच विष्णु गुरूङ मोटिभेस्नल स्पिकर सहित कलेजका विभिन्न विषयका शिक्षक शिक्षिका, अभिभावक सहित विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। 

उक्त कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन लगायतका विषयहरू अध्यायन अध्यापन तथा पठनपाठन हुँदै आइरहेको छ भने व्याचलरतर्फ एमबीएस, बीबीएस, बीसीए, बीबीएमालगायतका कोर्षहरू पठनपाठन हुँदै आइरहेका छन्। 

प्रकाशित: Aug 27, 2022| 18:03 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...