काठमाडौं- बुबाको मुख हेर्ने दिनको रूपमा रहेको भाद्र कुशे औंसी पर्व शनिबार मनाइँदै छ। यस दिन आफ्ना बुबालाई भेटेर मीठा परिकार खान दिने, कोसेली दिने र आशीर्वाद लिने परम्परा छ।
बुबा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर, शक्तिपीठ, देवालयलगायतका पवित्र तीर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी सम्झने गर्छन्। कुशेऔंसीका दिन काठमाडौंको गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गर्नेहरुको भीड लाग्ने गरेको छ।