शनिबार, वैशाख ६, २०८२

डेंगुका बिरामीले भरिए उपत्यकाका अस्पताल

उपत्यकामा डेंगुको संक्रमण पुष्टि भएको दुई महिनापछि अस्पताल भरिन थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालका बेडमा डेंगुका बिरामी भरिभराउ छन्।
 |  शनिबार, भदौ ११, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, भदौ ११, २०७९

vianetvianet

काठमाडौं- असारमा ललितपुरमा डेंगु पुष्टि भएको थियो। यस वर्ष काठमाडौं उपत्यकामा पुष्टि भएको यो पहिलो केस थियो।  डेंगु भेटिएसँगै यसको जोखिम उपत्यकामा उच्च भएको जनस्वास्थ्यविद्हरूले चेतावनी दिँदै तत्काल सावधानी अपनाउन सुझाव दिएका थिए। तर सम्बन्धित सरकारी निकायले यसमा खासै चासो दिएनन्। डेँगुका बढिरह्यो। 

triton college

उपत्यकामा डेंगुको संक्रमण पुष्टि भएको दुई महिनापछि अस्पताल भरिन थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालका बेडमा डेंगुका बिरामी भरिभराउ छन्। 

पछिल्लो समय कोरोनाका संक्रमित पनि बढेकाले दुवै रोगका बिरामीहरूलाई व्यवस्थापन गर्न कठिन परेको अस्पतालले बताएको छ। अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारी अस्पतालको इमर्जेन्सीमा मात्रै दैनिक ३५–४० जना ज्वरोका बिरामी आउने बताउँछन्। उनीहरुमध्ये अधिकांशमा डेंगु रोग पुष्टि हुने गरेको छ। 

'उपत्यकाका सबैजसो ठाउँबाट डेंगुका बिरामी अस्पतालमा पुगेका छन्। काठमाडौं, भक्तपुर, लतितपुर सबैजसो ठाउँबाट बिरामी आएका छन्,' भण्डारी भन्छन्, ‘अहिले दैनिक ४० जनाको हाराहारीम ज्वरो आएका बिरामीहरु अस्पतालको इमर्जेन्सीमा आइपुग्छन्,उनीहरुमध्ये धेरैजसो डेंगुका बिरामी छन। कतिपय बिरामीलाई ४/५ घण्टा इमर्जेन्सीमा राखेर उपचार गरी फिर्ता गरिएको छ। कतिपय बिरामीलाई केही दिन नै भर्ना गरेर राख्नु परेको छ। यदि आएका सबै बिरामीलाई भर्ना गर्ने हो भने अस्पतालले धान्ने अवस्था छैन।’  

नेपालमा पहिलोपटक २००४ मा एक विदेशी नागरिकमा देखिएको डेंगु त्यसयता हरेक वर्ष देखिन थालेको छ। त्यसयता २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगुको संक्रमण धेरै देखिएको थियो। २०१९ मा डेंगुले महामारीको रुप लिएको थियो। सो समयमा  रुप लिँदा १० हजार ८०८ केस पुष्टि भएको थियो। जसमध्ये ६ जनाको मृत्यु भएको थियो।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनमा मात्रै काठमाडौंमा १९६, भक्तपुरमा ३५ र ललितपुरमा ५२३ जनामा डेंगु पुष्टि भएसकेको छ। महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता २ हजार १०८ जनामा डेंगुका बिरामी देखिएको छन्। 

National life insurance

नेपालमा पहिलोपटक २००४ मा एक विदेशी नागरिकमा देखिएको डेंगु त्यसयता हरेक वर्ष देखिन थालेको छ। त्यसयता २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगुको संक्रमण धेरै देखिएको थियो। २०१९ मा डेंगुले महामारीको रुप लिएको थियो। सो समयमा  रुप लिँदा १० हजार ८०८ केस पुष्टि भएको थियो। जसमध्ये ६ जनाको मृत्यु भएको थियो।  

निजामति अस्पतलमा पनि ज्वरोका बिरामीको संख्या बढेको अस्पतालका निर्देशक विद्यानिधि पौडेल बताउँछन्। उनका अनुसार अघिल्लो साता मात्रै २० जना डेंगुका बिरामीको उपचार गरिएको छ। अस्पतालमा पुग्ने बिरामीमा थकान महसुस हुने, पेट दुख्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने, आँखाको गेडी दुख्नेजस्ता लक्षण देखापरेका छन्।

पौडेलका अनुसार अस्पतालले डेंगुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ। त्यस्तै वीर अस्पतालमा पनि डेंगुका बिरामी भर्ना हुन थालेका छन्।  

सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन अझै १० दिनसम्म रहेमा डेंगुको प्रकोप बढ्ने बताउँछन्। उनी भन्छन्, ‘यो डेंगुका लागि फेभरेवल समय हो, एक सातासम्म पानी परेन भने यो अवधिमा डेंगुको प्रकोप निकै बढ्न सक्छ।’ 

अस्पतालमा बिरामीको संख्या बढ्न थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु गराउने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सुरु गरेको छ। महाशाखाका निर्देशक चुमनलाल दासका अनुसार अनुसार डेंगु नियन्त्रण तथा उपचारका लागि अस्पताल तयारी अवस्थामा छन् भने स्वयंसेवक, होटल, विद्यालय, जनप्रतिनिधिलगायत संस्थालाई डेंगु नियन्त्रणका लागि अभियान सञ्चालन गर्न भनिएको छ।

लामखुट्टे धेरै पाइने तराई–मधेशमा मात्र होइन, पहाडी क्षेत्रमा समेत डेगुको संक्रमण बढ्दै गएको छ। विशेष गरी जनघनत्व बढी भएका काडमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेगु ज्वरोका बिरामी बढिरहेका छन्।

खासगरी जनघनत्व बढी भएका क्षेत्रमा बढी जोखिम देखिएको विज्ञ बताउँछन्। महाशाखाका अनुसार काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेंगुका बिरामी छन्। हाल विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा डेंगीको प्रकोप बढी देखिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गतबर्ष जम्मा ३५ जिल्लाबाट मात्रै डेंगुको संक्रमण भएको पुष्टि भएको थियो भने यो वर्ष मनसुन नसकिँदै ६० भन्दा धेरै जिल्लामा संक्रमण पुष्टि भएका छन्। 

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेगुको संक्रमण फैलिने गर्छ। लामखुट्टे धेरै पाइने तराई–मधेशमा मात्र होइन, पहाडी क्षेत्रमा समेत डेगुको संक्रमण बढ्दै गएको छ। विशेष गरी जनघनत्व बढी भएका काडमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेगु ज्वरोका बिरामी बढिरहेका छन्। 

चिकित्सकका अनुसार लामखुट्टेले टोकेको ४ देखि १० दिनमा डेंगुको लक्षण देखिन्छ, यसको खास उपचार छैन, बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ। सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोका अनुसारसाउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेंगुको संक्रमण जोखिम बढी हुने गरेको छ। डेंगुबाट १० हजार मानिस संक्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ भने उनीहरुमध्ये पाँचसय जना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेंगु ज्वरोका लक्षण देखिन्छन्।

डेंगु लागिसकेपछि मानिसमा ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने,आँखाको गेडी दुख्ने, टाउको दुख्ने, थकान, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन्छन्। यस्ता समस्या देखिएमा स्वस्थ्य संस्थामा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। साथै जथाभावी औषधिको प्रयोग नगर्न पनि मन्त्रालयले सचेत गराएको छ।

प्रकाशित: Aug 27, 2022| 16:50 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्