शनिबार, मंसिर ६, २०८२

फिफाले हटायो भारतीय फुटबलमाथिको प्रतिबन्ध

निलम्बन हटेसँगै आउँदो साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता हुनेछ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं– विश्व फुटबल महासंघ (फिफा)ले दुई साता नबित्दै अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)माथिको निलम्बन फुकुवा गरेको छ। 

National life

शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो। भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत ३१ साउनमा निलम्बन गरेको थियो।

‘अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट एआईएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं। फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ,’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआईएफएफलाई सहयोग गर्नेछौं।’

फिफाले आगामी ११ देखि ३० अक्टोबरसम्म हुने तय भएको फिफा यू–१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ। निलम्बन हटेसँगै आउँदो साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता हुनेछ। साफ महिला च्याम्पियनसिप २१ भदौदेखि ३ असोजसम्म काठमाडौंमा हुँदै छ।

प्रकाशित: Aug 27, 2022| 14:10 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।