शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँटमा कांग्रेसभित्रै विवाद, कार्यदल असफल बनाउने दाउमा अन्य चार दल

सिट बाँडफाँटमा कांग्रेसभित्रै विवाद, कार्यदल असफल बनाउने दाउमा अन्य चार दल

कार्यदलका एक सदस्यका अनुसार कार्यदलको बैठकमा नै सभापति देउवा, महामन्त्री थापा र कार्यदलका संयोजक सिटौलाबीच नै कांग्रेसले कति सिट पाउने भन्‍नेमा समान धारणा छैन।
 |  शनिबार, भदौ ११, २०७९

खिला कार्की

खिला कार्की

शनिबार, भदौ ११, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र सिट बाँडफाँड कार्यदलका संयोजक कृष्ण सिटौला बीचमा कांग्रेसले कति सिट पाउने भन्‍ने मा एकमत छैन। कांग्रेसका तीन नेताहरु तीनतिर देखिएपछि अन्य दलका नेताहरुलाई समेत सिट संख्यामा कांग्रेसको आधिकारिक धारणा के हो भन्‍नेमा अन्योल छ।

triton college

कार्यदलका एक सदस्यका अनुसार कार्यदलको बैठकमा नै सभापति देउवा, महामन्त्री थापा र कार्यदलका संयोजक सिटौलाबीच नै कांग्रेसले कति सिट पाउने भन्‍नेमा समान धारणा छैन।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा ८० सिटको हाराहारी कांग्रेसका उम्मेदवार हुने गरी सहमति गर्ने पक्षमा देखिएका थिए। महामन्त्री थापाले सय सिटभन्दा तल सहमति गर्नै नसक्ने कार्यदलको बैठकमा स्पष्ट रुपमा  आफ्नो धारणा राखेका छन्। तर, कार्यदलका संयोजक सिटौलाले सभापति देउवा र महामन्त्री थापाभन्दा फरक प्रस्ताव छ। सिटौलाले देउवाले राखेको प्रस्तावभन्दा धेरै र थापाले भनेको भन्दा कम संख्यामा प्रस्ताव अगाडि सारेका छन्। सिटौलाले कांग्रेसका भागमा ९० सिटको प्रस्ताव अगाडि सारेको कार्यदलमा रहेका एक सदस्यले जनाकारी दिए। 

महामन्त्री थापाले कार्यदलको बैठकमा नै पार्टीभित्रको असन्तुष्टिले निर्वाचन परिणाममा असर पर्ने तथ्य पेश गरेका थिए। कांग्रेसलाई सिट संख्या कम हुँदा त्यसको नकरात्मक असर परिणाम पर्ने उनको तर्क छ। थापाले तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलमा कांग्रेसको लागि सय सिटलाई बटमटाइन बनाउनुपर्ने प्रस्ताव राखेका थिए। थापाले कार्यदलको बैठकमा मात्र होइन सार्वजनिक रुपमा पनि सय सिटमा कांग्रेसको दाबी रहेको बताउँदै आएका छन्। 

कार्यदलका संयोजकसमेत रहेका नेता कृष्णप्रसाद सिटौला ८८ देखि ९० सिटमा कांग्रेसको दाबी सत्तारुढ कार्यदलको बैठकमा पेश गरेका थिए। ८८ देखि ९० सिट कांग्रेसले पाउदा सभापति देउवा र महामन्त्री थापा दुवैलाई मनाउन सकिने प्रस्ताव कार्यदलमा गरेका थिए। कांग्रेसले सय सिट पनि पाउन नसक्ने तथा ८० भन्दा माथि हुने सम्भावनालाई ध्यानमा राखि उनले मध्यमार्गी प्रस्ताव अघि सारेका हुन्। ८८ बाट केही क्षेत्र थपघट हुने आशय सहित उनको प्रस्ताव आएको छ।

corrent noodles
Metro Mart

सभापति देउवाको मुख्य चासो भनेको कांग्रेसले कति सिट पाउछ भन्‍नेभन्दा गठबन्धन कसरी टिकाउन सकिन्छ भन्‍ने ध्याउन्‍न रहेको कांग्रेसका नेताहरुले बताएका छन्। गठबन्धन टिकाउनका लागि देउवा भने बढी सिट दाबी नगरी कांग्रेस लचिलो हुनुपर्ने पक्षमा छन्। कांग्रेस लचक हुने संकेत उनले सार्वजानिक रुपमा नै व्यक्त गरिसकेका छन्। 

कार्यदलका एक सदस्यका अनुसार कार्यदलको बैठकमा नै सभापति देउवा, महामन्त्री थापा र कार्यदलका संयोजक सिटौलाबीच नै कांग्रेसले कति सिट पाउने भन्‍नेमा समान धारणा छैन।

देउवाले केही दिन अगाडि सानेपामा कांग्रेसबाट विजयी जनप्रतिनिधिको अभिमुखीकरणमा कार्यक्रममा बोल्ने क्रममा सिट धेरै पाउनेभन्दा धेरै सिटमा जित हात पार्ने पक्षमा आफू रहेको बताएका थिए। प्रधानमन्त्री तथा सभापति देउवा ८० क्षेत्रमा उम्मेदवार बनाउन राजी हुने कांग्रेस वृत्तमा चर्चा भइरहेको छ। सभापति लचक हुँदा त्यसले कांग्रेस तथा तालमेललाई हानि गर्ने नेताहरुको चिन्ता छ। 

कांग्रेसमा सिट विभाजनका विषयमा ३ थरि मत देखिएपछि विषेशगरि नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी आफू अनुकुल हुने संरचनाबाट सिट बाँडफाँटको निर्णग गराउने दाउमा देखिन्छ।

नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी कार्यदलमा भन्दा शीर्ष नेताको बैठकबाट सिट बाँडफाँड टुंगो दाउमा देखिन्छन्। कांग्रेसका एक शीर्ष नेताका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल शीर्ष नेताको बैठकबाट निर्णय गराउने पक्षमा लागेको बताए। 

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा विजयी सिट सोही दलको भागमा पार्ने र एमालेले जितेका सिटमा ६०-४० को प्रस्ताव ल्याएको छ। प्रत्यक्षतर्फ विजयी गठबन्धनमा हाल कांग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका एक गरी ८३ सिट छ।

गठबन्धन बाहिरका दलसँग ८२ सिट छ। माओवादीले ल्याएको प्रस्ताव कांग्रेसले स्वीकार्‍यो भने ८२ क्षेत्रको ६० प्रतिशतले गर्दा ७२ सिटमा मात्रै कांग्रेसका उम्मेदवार बन्‍न पाउँछन्। ती शीर्ष नेताले भने, ‘माओवादी र एकीकृत समाजवादी हामीलाई ७२-७५ क्षेत्रमै राख्‍न खोजेका छन्। प्रत्यक्ष र समानुपातिकबाट कसैगरी पनि कांग्रेसको बहुमत नपुगोस् भन्‍ने उनीहरुको चाहना हो।’

कार्यदलमा अहिलेसम्म तालमेलमा कुनै मोडालिटी तय हुन सकेको छैन। हालसम्म कार्यदलको सातपटक बैठक बसिसकेको छ। गठबन्धनका सबै दलबाट दाबी रहने क्षेत्र र व्यक्तिको नाम संकलन गर्ने विकल्पमा छलफल भएपछि कांग्रेसले सिट बाँडफाँट अगाडि नै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उमेदवारको नाम २० गतेसम्म सिफारिस गर्न परिपत्र गरेको छ। 


प्रकाशित: Aug 27, 2022| 17:22 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...