बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • योजनाबद्ध सहरीकरणलाई प्राथमिकता दिन प्रधानमन्त्री देउवाको सुझाव

योजनाबद्ध सहरीकरणलाई प्राथमिकता दिन प्रधानमन्त्री देउवाको सुझाव

काठमाडौंजस्ता ठूूला सहरमा मानिसको जनघनत्व अनियन्त्रित रूपमा बढेकाले त्यसलाई रोक्न हिमाल र पहाडमा सहर निर्माण गरी व्यवस्थित गर्नुपर्नेमा प्रधानमन्त्रीको देउवाको जोड।
 |  शनिबार, भदौ ११, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, भदौ ११, २०७९

बुुटवल–प्रधानमन्त्री शेरबहादुर देउवाले योजनाबद्ध सहरी विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। शनिबार सहरी विकास मन्त्रालयले बुटवलमा तयार गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालका अधिकांश सहर अव्यस्थित भएकाले त्यसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखेका हुन्।

triton college

प्रधानमन्त्री देउवाले व्यवस्थित एवं नयाँ सहरको विकास गर्न र सहरी क्षेत्रका बासिन्दालाई आर्थिक, सामाजिक काम गर्न ठोस कार्यक्रम सुुरु गरिनुपर्नेमा जोड दिए। ‘प्रदेश र पालिकाहरूबीच समन्वय र सहकार्य गरेर व्यवस्थित सहर बनाउन आवश्यक छ,’ प्रधानमन्त्री देउवाले भने।

उनले काठमाडौंजस्ता ठूूला सहरमा मानिसको जनघनत्व अनियन्त्रित रूपमा बढेकाले त्यसलाई रोक्न हिमाल र पहाडमा सहर निर्माण गर्नुुपर्ने बताए। मुलुक संघीयतामा गएपछि गाउँ नगरमा पूर्वाधार विकास भएको बताउँदै यसलाई दिगो र वातावरणमैत्री बनाउनुपर्ने औंल्याए। उनले प्रदेश र पालिकास्तरमा समन्वय र सहकार्य गरेर सहरी पूर्वाधार विकास गर्नुपर्ने बताए।

प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र र गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको बुटवल सम्मेलन केन्द्रले पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सघाउने विश्वास व्यक्त गरे। व्यवस्थित सहरीकरणका लागि योजनाबद्ध विकास र आधुनिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ। 

विकासमा बुुटवल आधारशिला : गृहमन्त्री खाँण

corrent noodles
Metro Mart

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले सम्मेलन केन्द्र उद्घाटनसँगै विकासमा बुटवलले देशको विकासको आधारशिला रहेको प्रमाणित भएको बताए। राज्यले गरेको लगानीलाई प्रतिफलमुखी बनाउन सम्मेलन केन्द्रलाई अधिकतम रूपमा प्रयोग गर्नुुपर्नेमा उनले जोड दिए। ‘कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, संघ–संस्थाका प्रतिनिधिलाई आग्रह गर्न चाहन्छुु, सम्मेलन केन्द्रको अत्यधिक उपयोग गरौं,’ गृहमन्त्री खाणले भने।

उनले हरेक दिन ३ लाखका दरले कार्यक्रम गर्ने गरी सञ्चालनको मोडालिटी बनाउन आग्रह गरे। उनले रूपन्देहीको विकासँग देशलाई जोड्ने गरी सरकारले पूर्वाधार विकास गरिरहेको दाबी गरे। धादिङ र चितवनमा सुरुमार्ग बनाएर रसुवा र बेलहियालाई जोड्ने गरी सडक निर्माणका लागि सरकारले योजना अघि सारेको उनले सुनाए।

सिद्धबाबामा सुुरुङ मार्ग निर्माणको काम सुरु भएकाले बुटवललाई सुरक्षित सहरका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। मोतीपुुर औद्योगिक क्षेत्रमा स्थानीयलाई विस्थापित हुन नदिने गरी औद्योगिक क्षेत्र निर्माण गर्न सरकारले प्रयत्न गरेको गृहमन्त्री खाणले बताए।

उनले अस्थायी रूपमा बसेकालाई स्थायित्व कसरी गराउने भनेर भूूमि आयोगमार्फत प्रक्रिया सुरु भइसकेको जानकारी दिए। १ माघ २०७१ मा पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालाले शिलान्यास गरेर २ जेठमा प्रधानमन्त्री देउवाले उद्घाटन गरेको स्मरण गर्दै रूपन्देहीको विकासमा निरन्तर लागिपरेको सुनाए। अन्तर्राष्ट्रिय कनेक्टीभिटी बढाउन सरकारले पहल गरिरहेको उनको धारणा छ। बुटवलको विकासले देशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउने विश्वास खाणको छ।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले अन्तर्राष्ट्रिय सभा सञ्चालन गर्न मिल्ने गरी रूपन्देहीसहित बाहिरी जिल्लालाई समेत जोड्ने भएकाले यसले अर्थतन्त्रमा समेत टुवा पुुग्ने विश्वास व्यक्त गरे। सम्मेलन केन्द्रले बुटवल र लुम्बिनी प्रदेशबासीलाई लाभ दिने उनको भनाइ छ। उनले सहरी विकास मन्त्रालयले हरित सडक निर्माण, भवन निर्माणजस्ता पूर्वाधार बनाउँदै आएको जानकारी दिए। सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय सभाहल निर्माण चरणमा रहेको उनले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्मेलन केन्द्रले लुम्बिनी र विमानस्थलको विकासँग जोडिएको धारणा व्यक्त गरे। उनले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लुम्बिनीको गौरवको आयोजनाका रूपमा सम्पन्न भएको जानकारी दिए।

प्रदेश सरकारले लुम्बिनी, गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधारलाई समेत ध्यानमा राखेर विकास आयोजनालाई अघि बढाएको उनको भनाइ छ। उनले लुम्बिनीको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णुु पौडेलले बुटवलका जनताको लामो समयदेखिको चाहनाले सार्थकता पाएको बताए। लामो समयको धैर्यपछि गौतमबुुद्ध विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न पाएको बताउँदै रूपन्देहीका जनप्रतिनिधि विकासको काम गर्न प्रतिबद्ध रहेको पुष्टि गरेको दाबी गरे।

पौडेलले अपरेसन मोडालिटी तय गरेर अधिकतम लाभ लिने गरी कार्यविधि बनाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए। ‘यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलको गहना हो, यसको भरिपूर्ण प्रयोग गरिनुपर्छ,’ उनले भने।

रूपन्देही निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले दलीय आस्थामाथि उठेर विकासमा सहकार्य गरेको सुनाए। ‘शिक्षा, सवस्थ्य, रोजगारी र सामाजिक सुुरक्षाका दृष्टिकोणले नयाँ मानक स्थापना गरेका छौं,’ पौडेलले भने। रूपन्देहीलाई विकासको रोलमोडेल बनाउने प्रतिबद्धता उनले जनाए। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडलले सभाहलको सञ्चालन कार्यविधि मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको जानकारी दिए। उनले सभाहलको सञ्चालनबाट स्थानीय नागरिकको आर्थिक जीवनमा समेत प्रभाव पार्ने विश्वास व्यक्त गरे। बुटवल– नारायणगढ सडक, बुटवल–गोरुसिंगे सडक विस्तारसँगै सभाहलसम्म पहुँच सहज हुने उनको भनाइ छ।

नेकपा एकीकृत समाजवादीका सचिव रामकुुमारी झाँक्रीले सभाहल नेपालकै ठूूलो ड्रिम प्रोजेक्ट रहेको बताइन्। पूर्वसहरी विकासमन्त्रीसमेत रहेकी झाँक्रीले संरचना राम्रो भएकाले यसको दिगो व्यवस्थापन र सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिइन्। बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवल सम्मेलन केन्द्रलाई हस्तान्तरण भएको अवस्थामा उपमहानगरले सञ्चालनको जिम्मा लिने बताए। उनले सम्मेलन केन्द्र निर्माणले बुटवल र प्रदेशबासीलाई ठूला एवं अन्तर्राष्ट्रिय कार्यक्रम गर्न सहयोग पुुग्ने धारणा राखे।

बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डपमा संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र तयार पारिएको हो ।नेपालको झन्डा आकारमा बनाइएको सभाहल तत्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ। सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुुउद्देश्यीय हल छन्। सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले जानकारी दिए।  

सभाहलभित्र बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउन्टरसमेत निर्माण गरिएको आयोजना प्रमुख पन्थीले बताए। २०७१ पुसबाट निर्माण थालिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो। दोस्रो चरणमा २०७४ मा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको हो।

तर ठेकेदारले तोकिएको समयमा काम नगरेपछि २०७८ कात्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न सम्मेलन केन्द्रले ९.६ बिघा क्षेत्रफल ओगटेको छ।

प्रकाशित: Aug 27, 2022| 15:33 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्