मंगलबार, फागुन १९, २०८२

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 |  आइतबार, मंसिर २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०८२

काठमाडौं- शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: Dec 07, 2025| 11:38 आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्