आइतबार, मंसिर २१, २०८२

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

 |  आइतबार, मंसिर २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०८२

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ। कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ। 

त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित: Dec 07, 2025| 08:39 आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्