प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेका हुन्।
चुनावी मैदानमा होमिएका ४ ठूला पार्टीका ६ महासचिव–महामन्त्रीमध्ये कोही जनमत परीक्षणमा सफल भए भने कोही नेतृत्वको भक्तिगान गाउँदाको परिणाम जनमत पाउन असफल रहे।
५ महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकाहरू हालसम्म ६ ठाउँमा विजयी भइसकेका छन् भने समानुपातिकतर्फ हालसम्म २ लाख ६८ हजार ३५९ मत ल्याइसकेको छ।